१३ जेष्ठ २०७९, शुक्रबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नीजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम रोक्न सर्वोच्च अदालतले दिएको परमादेशप्रति असन्तुष्टि जनाएका छन् ।

उनले सामाजिक संजालमा ट्वीट गर्दै एक आशालाग्दो राष्ट्रिय गौरवको आयोजना निर्माणको काम सदाका लागि रोक्नु दु:खद भएको टिप्पणी गरेका छन् ।

‘सर्वोच्चको परमादेशबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बाटो सदाका लागि बन्द भएको छ,’ अध्यक्ष अध्यक्ष लिङ्देनले भनेका छन् ‘एउटा आशलाग्दो राष्ट्रिय गौरवको आयोजनाको यसप्रकारको अन्त्य दुःखद छ।’

सर्वोच्च अदालतले बिहीबार परमादेश जारी गर्दै नीजगढ विमानस्थलको कार्य तत्काल रोक्नु भनेको छ ।

 

LIVE TV