१३ जेष्ठ २०७९, शुक्रबार

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्च अदालतले दिएको आदेशप्रति अपत्ति जनाएका छन् ।

अदालतको फैसलाबारे प्रतिक्रिया दिँदै ज्ञवालीले अदालतको फैसला दुर्भाग्यपूर्ण र विकासको सम्भावनामाथि आँच पुर्याउने कदम भएको टिप्पणी गरेका छन् ।

ज्ञवालीले फैसलाका प्रवृतिमाथि समेत प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्- निजगढमा अन्तरराष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी आज सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण छ । यसले कार्यकारीको क्षेत्राधिकार त अतिक्रमण त गरेको छ नै, नेपालको राष्ट्रिय सामर्थ्य र विकासको संभावनामाथि पनि आँच पुर्याएको छ । आखिर कसरी र कसको हितमा हुन्छन् यस्ता फैसला ?’

सर्वोच्चले वातावरणीय दृष्टिकोणबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश दिएको थियो ।

LIVE TV