१२ जेष्ठ २०७९, बिहीबार

काठमाडौं । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । विहीबार निर्वाचन आयोगले बजुराको बुढीगंगामा पुनः निर्वाचन गर्ने निर्णय गरेको हो ।

आयोगले गत वैशाख ३० गते सम्पन्न निर्वाचन निष्पक्ष नभएको ठहर गर्दै पुनः निर्वाचन गर्ने निर्णय गरेको हो । जसको लागि बाजुराका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तीन दिनभित्र हटाई अन्य कर्मचारी पठाएर निर्वाचनको वातावरण बनाउन आयोगले सरकारलाई निर्देशनसमेत दिएको छ ।

साथै प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई निर्वाचन कसुर अनुसार विभागीय कारबाही गरी आयोगलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ ।

बुढीगंगाको कूल दश वटा वडामध्ये ६ वटा वडामा बढी विवाद थियो । २, ३, ५ र ९ नम्बर वडाका मतदान स्थललाई नेकपा (एमाले)का कार्यकर्ताले नियन्त्रणमा लिएका थिए । त्यस्तै वडा नम्बर ४ र ७ लाई कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा लिएर आफू अनुकूल एकोहोरो मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV