१२ जेष्ठ २०७९, बिहीबार
  • महेश्वर के.सी.,

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन)को जीत सुनिश्चित भइसकेको । अब घोषणा मात्रै गर्न बाँकी रहेको छ ।

काठमाडौंको मेयरमा भारी मतान्तरका साथ जीत सुनिश्चित भइसकेपछि काठमाडौंको राष्ट्रिय सभागृह अगाडि वालेनका समर्थकहरुको भीडभाड बढेको छ ।

सयौंको संख्यामा उपस्थित समर्थकहरुले हातमा विजयीको प्रतिक अवीर लिएर विजय उत्सव मनाउन सुरु गरिसकेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV