१२ जेष्ठ २०७९, बिहीबार

ललितपुर । ललितपुर महानगरपालिका–८ बालकुमारीबाट पेस्तोल र गोलीसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–१५ घर भएका सुरेन्द्र थिङ र वीरबहादुर बम्जनलाई पेस्तोल र गोलीसहित पक्राउ गरिएको हो ।

थिङ र बम्जनको साथबाट ‘मेड इन यूएस’ लेखिएको अटोमेटिक पेस्तोल एक थान, म्याग्जिन दुई थान र चार थान गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थिङ र बम्जनबारे थप अुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LIVE TV