११ जेष्ठ २०७९, बुधबार
  • सविन लामिछाने,

तनहुँ । स्थानीय तहको निर्वाचन सकिएपछि व्यास नगरपालिकाका प्रमुखका उम्मेदवारको रुपमा रहेका वैकुण्ठ न्यौपानेले मतगणना सुरु नगरेको भन्दै वैशाख ३१ गते कांग्रेसविरुद्ध षड्यन्त्र गर्नेेलाई लखेट्ने चेतावनी दिएका थिए ।

उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि भनेका थिए, “निर्वाचन आयोगमा के लेखेर पठाएको छ ? हामीलाई देखाउनुप¥यो । षड्यन्त्र गर्ने हामीविरुद्ध, अनि टिकौला तिमीहरु ? यहाँ कोही टिक्न सक्छ कांग्रेस हो यहाँ, हामीले धेरै मान्छे लखेटेका छौं, लखेटिन सक्छौ ।”

उत्तेजक भाषण दिदै मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङगनालाई जिल्लाबाट लखेट्ने धम्की दिएका न्यौपाने मेयरमा निर्वाचित भएपछि उनै अधिकृतबाट बुधबार शपथग्रहण लिएका छन् ।

मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई पराजित गदै मेयरमा पुनः निर्वाचित न्यौपानेले शपथग्रहण लिदै संविधान र कानूनको पालना गरेर काम गर्ने बताए ।

त्यस्तै न्यौपानेले नगरवासीका चाहनालाई स्रोत र साधनको परिधिभित्र रहेर पूरा गर्नेतर्फ दत्तचित्त भएर लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV