११ जेष्ठ २०७९, बुधबार
  • तस्वीर : महेश्वर के.सी.,

काठमाडौं । ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरिबाबु महर्जनले कुनै गल्ती नगरी काम गर्ने बताएका छन् । बुधबार जनप्रतिनिधिहरुको शपथ ग्रहण कार्यक्रममा सबै जनप्रतिनिधिसँग टिमवर्क बनाएर काम गर्ने बताउँदै यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘ललितपुरलाई सुन्दर बनाउनेछौं । रात्रिकालीन अवस्थामा उज्यालो पार्नेछौं । म कुनै गल्ती नगरी काम गर्छु ।’

त्यस्तै उनले नगरवासीलाई सधैँ शिरमा राखेर विकासका काम अगाडि बढाउने बताएका बताएका छन् । उनलेका छन्, ‘हामी जे काम गर्छौं, टिम वर्कको रूपमा अघि बढ्नुपर्छ । नगरवासीलाई शिरमा राखेर काम गर्दा सफल हुनेछौं ।’

यसका साथै पुनः मेयरमा निर्वाचित महर्जनले भनेका छन्, ‘हिजोको दिनमा पनि यो पार्टी, त्यो पार्टी भनेर कुनै पक्षपात गरिँन । त्यसै कारण अघिल्लो चुनावमा भन्दा यस पटक ६० गुणा बढी भोटले अहिले जितेँ । मेरा तर्फबाट कुनै अब पनि पक्षपात व्यवहार गर्दिनँ, तेरो मेरो भनेर कसैलाई काखा पाखा लाउँदिन ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV