११ जेष्ठ २०७९, बुधबार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७१७ जनाको आरटी पीसीआर विधि र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ५ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ८८९ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ४ जना र ८ सय २८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर थप ९ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ सय २८ जना सक्रिय संक्रमितहरु विभिन्न आइसोशनमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV