११ जेष्ठ २०७९, बुधबार

दाङ । तुलसीपुर उपमहानगरपालिकाको प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा ३१४०८ मतका साथ टिकाराम खड्का विजयी भएका छन् भने उपमेयरमा ३०५९७ मतका साथ स्यानी चौधरी निर्वाचित भएका छन् ।

मेयरमा निर्वाचित खड्काले ३१,४०८ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार गेहेन्द्र गिरीले २७,७१७ मत ल्याएका छन् । गिरी ३,६९१ मतान्तरले पराजित भएका छन् ।

उपमेयरतर्फ चौधरीले ३०,५९७ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एकिकृत समाजवादीका उम्मेदवार जोगबहादुर राना मगरले २१,०६५ मत ल्याएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV