११ जेष्ठ २०७९, बुधबार
  • महेश्वर के.सी.

काठमाडौं । संयुक्त विद्यार्थी संगठबनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने माग राख्दै नेपाल आयल निगम कार्यालय घेराउ गरेका छन् ।

No description available.

विद्यार्थीहरु काठमाडौं टेकुस्थित निगमको कार्यालय पुगेर प्रदर्शन गर्दै घेराउ गरेका हुन् । प्रदर्शनमा विभिन्न दलका विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत सत्ताधारी र विपक्षी सबै पार्टीका विद्यार्थी संगठनहरू एक स्वर भएर बिरोध जनाइरहेका छन् ।

No description available.

बिशेषगरी उनीहरुले इन्धनमा लगाइएको कर हटाउन, विद्यार्थीलाई सहुलियत दरमा इन्धन उपलब्ध गराउन, वैकल्पिक ऊर्जाको खोज, अनुसन्धान र प्रयोगका लागि कार्यदल गठन माग गरिरहेका छन् ।

No description available.

साथै उनीहरुले इन्धनमा भएको भारतीय एकाधिकार खारेज गरी खुला प्रतिस्पर्धाबाट आयात गर्ने व्यवस्था मिलाउन पनि सरकार समक्ष माग गरेका छन् ।

No description available.सरकारले केही दिनअघिबाट पेट्रोलिम पदार्थको मूल्य बढाएको छ । मूल्यवृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० पुगेको छ । त्यस्तै खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँ बढेर १८०० तोकिएको छ

No description available.

No description available.

No description available.

No description available.

No description available.No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्
LIVE TV