१० जेष्ठ २०७९, मंगलवार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना स्रंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९२० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १६ जनामा कोरोना पुष्टि भएको हो ।

१ हजार ९९८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ११ जना र ९२२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ३०३ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितहरु निको भएका छन् । हालसम्म कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६७ हजार २ पुगेको छ । साथै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेका छन् ।

हाल नेपालमा १ सय ३३ जना कोरोनाका संक्रिय संक्रमितहरु आइसोलेशनमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV