१० जेष्ठ २०७९, मंगलवार

पोखरा । पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ । महानगरको वडा १८ र ३१ को पुनः मतगणना गर्नुपर्ने माग गर्दै नेकपा एमालेका प्रतिनिधि अनुपस्थित भएपछि मतगणना रोकिएको हो ।

मतगणना अन्तिमतिर पुगेको अवस्थामा एमाले प्रतिनिधिहरुले धाँधलीको आरोप लगाउँदै विवाद झिकेको थियो । महानगरको दुई वडामा पुनःमतगणना नभइन्जेल मतगणनास्थलमा नबस्ने भन्दै मतगणनास्थल प्रवेश गरेका छैनन् ।

पोखरा महानगरको प्रमुख (मेयर) पदमा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य ५६४७१ मतका साथ अग्र स्थानमा रहेका छन् । उनलाई एमालेका कृष्णबहादुर थापाले ५११८५ र राप्रपाका शंकर खरालले ५५७९ मतका साथ पछ्याइरहेका छन् ।

LIVE TV