१० जेष्ठ २०७९, मंगलवार
  • महेश्वर के.सी.

काठमाडौं । चाबहिलमा रहेको सेन्ट लरेन्स कलेजमा शिक्षकले याैन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।

कलेजका संयोजकसमेत रहेका सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीले केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ ।

पटकपटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि सुनुवाइ नभएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । मंगलबार बिहान कलेज परिसरमा प्रदर्शनपछि उनीहरू महानगरीय प्रहरी वृत्त गौशालाअगाडि नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन् ।

आक्रोसित विद्यार्थीहरुले गौशलास्थित प्रहरी कार्यालय अगाडि पनि प्रर्दशन गरेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV