१० जेष्ठ २०७९, मंगलवार

काठमाडौं । प्रहरीले निर्वाचनको अवधिमा अवरोध गर्दा भएको तीन सय घटनाको छानबिन गरिरहेको छ । स्थानीय तह निर्वाचनलाई प्रभाव पार्ने गरी उच्छृङ्खल गतिविधि गर्दा भएको ती घटनाको प्रहरीले कारबाही थालेको छ ।

वैशाख ३० गते शुक्रबार सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको सिलसिलामा देशका विभिन्न मतदान स्थलका मतदान केन्द्रमा भएका कानून विपरितका गतिविधिमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएपछि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

प्रहरीका अनुसार, ताला बन्दी, म्यादी घाइते, पक्राउ, झडप, उच्छृङ्खखल गतिविधि, तोडफोड, वादविवाद, उम्मेदवार घाइते, निर्वाचनमा विरोधी गतिविधि, कार्यकर्ता घाइते, गुण्डागर्दी पक्राउ, आगजनीका घटना भएका छन् ।

यसैगरी, बस दुर्घटना, जुलुस ¥याली, शंकास्पद वस्तु फेला, तोडफोड, सवारी आगजनी, विस्फोटक वस्तु फेला, उम्मेदवार मृत्यु, सार्वसाधारण घाइते, घाइते, जिप दुर्घटना, आचारसंहिता उल्लङ्घन, कार्यकर्ता मृत्यु, विस्फोट, बुथ क्याप्चर, मतदान अधिकृत घाइते, प्रहरी घाइते, आमसभा, जबरजस्ती करणीलगायतका तीन सयवटा घटनाहरु छानबिनको प्रक्रियामा छन् । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV