९ जेष्ठ २०७९, सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ९ र १० को पनि अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

भर्खरै सार्वजनिक मत परिणाम अनुसार दुवै वडामा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका हुन् । वडा ९ मा काँग्रेसका उम्मेदवार राम्जी भण्डारीले विजयी भएका छन् । उनले नेकपा (एमाले)का उम्मेदवार रामकृष्ण जयखु श्रेष्ठलाई ४९२ मतले पछि पार्दै विजय भएका हुन् ।

विजयी भण्डारीले दुई हजार ७९० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्रेष्ठले दुई हजार २९८ मत प्राप्त गरेको जनाइएको छ ।

त्यस्तै उता वडा १० मा पनि नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण केसी विजय भएका छन् । उनले पनि एमालेकै अध्यक्षका उम्मेदवार अशोक कार्कीलाई ४७५ मतान्तरले पछि पार्दै हासिल गरेका हुन् ।

अध्यक्षमा निर्वाचित केसीले तीन हजार ४२८ मत प्राप्त गरे भने प्रतिस्पर्धी कार्कीले २९५३ मत प्राप्त गरेका गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV