९ जेष्ठ २०७९, सोमबार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी विजयी भएका छन् । सोमबार साँझ मत गणना सम्पन्न भएसँगै १३ हजार ४६५ मतका साथ साह मेयरमा विजयी भएका हुन् ।

साहलाई नेकपा एमालेका उम्मेदवार शिवशंकर साहले टक्कर दिएका थिए । एमालेका साहले ९ हजार ५३२ मतमै चित्त बुझाए भने तेस्रो स्थान ओगट्न सफल लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ५ हजार ३६० मत पाए ।

पाँच दलीय गठबन्धनको समर्थन पाएर निर्वाचन लडेका जनता समाजवादी पार्टीका उम्मेदवार लालकिशोर साह चौथो स्थानमा रहे । उनले ५ हजार १९४ मत पाए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV