९ जेष्ठ २०७९, सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै रहेको छ । पछिल्लो प्राप्त मतगणनाअनुसार बालेनले ४६९६६ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वीद्वय गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले २८१४१ र नेकपा एमालेका केशव स्थापितले २७२८६ मत पाएका छन् ।

बालेन सिर्जनाभन्दा १८८२५ मतले अघि रहेका छन् भने स्थातिभन्दा १९६८० मतले अघि रहेका छन् । यस्तै, मेयरकै प्रत्यासी सुमन सायमी (स्वतन्त्र) ले ६१९३ मत पाएका छन् भने राप्रपाका मदनदास श्रेष्ठले २९९६ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV