८ जेष्ठ २०७९, आईतवार

काठमाडौं । भरतपुर महानगरको मेयर पदकी माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४० हजार ५८९ मत प्राप्त गरेकी छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले अग्रता कायम गर्ने क्रममा सो मत प्राप्त गरेकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी विजय सुवेदीले ३१ हजार ५७० मत प्राप्त गरेका छन् ।

उनले प्राप्त गरेको यो मत रेनुको भन्दा ९ हजार १९ हो । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ६४ मत प्राप्त गरेका छन् । गठबन्धनको बिरुद्ध बागी उम्मेदवारी दिएपछि कारवाहीमा परेका थिए । कारवाहीसँगै उनी स्वतन्त्र उम्मेदवार बनेर भुइँकटहर चिन्हबाट चुनाव लडिरेहेका छन् ।

हालसम्म भरतपुरमा १ लाख १ हजार ९४५ मत गनिएको छ । त्यसमध्ये भरतपुरको उपमेयरमा नेपाली काँग्रेसको उम्मेदवार चित्रसेन अधिकारी अग्रस्थानमा छन् । उनले ४२ हजार ७३२ मत प्राप्त गरेर अग्रस्थानमा छन् ।

उनलाई राप्रपाकी उम्मेदवार हिमला गुरुङले २४ हजार ९९२ मतका साथ पछ्याइरहेकी छन् । उनीहरुको मतान्तर पनि फराकिलो छ । अधिकारीभन्दा गुरुङ १७ हजार ७४० मतले पछि छन् ।

LIVE TV