८ जेष्ठ २०७९, आईतवार
  • केदार शर्मा,

चितवन । चितवनका हरिप्रसाद अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय बाणिज्य क्षेत्र समन्वय विभागको सदस्य पदमा मनोनित भएका छन् ।

अधिकारीलाई आइतबार सो पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले मनोनित गरेका हुन् । लामो समयदेखि राजनीतिमा क्रियाशील अधिकारी जिल्ला सदस्य थिए ।

मुलुकमा गणतन्त्र स्थापना भएपछि राप्रपा संकटमा परेको बेला अधिकारीले चितवनमा संगठन बचाउन तथा बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीले अघि सारेका उमेदवारहरुलाई जिताउन अधिकारीले महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV