८ जेष्ठ २०७९, आईतवार

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका–९ सक्लामा ढुङ्गाले लागेर आज एक बालकको मृत्यु भएको छ ।

बारेकोट–७ सुवाकोट मामाघर जाने क्रममा राजु विकका दुई वर्षीय छोरा रोहितको घटनास्थलमै मृत्यु भएको स्थानीय धनजीत महरले जानकारी दिए ।

महरका अनुसार रोपाछरास्थित भिरमा बाख्राले खसालेको ढुङ्गा लागेर रोहितको मृत्यु भएको हो ।

LIVE TV