८ जेष्ठ २०७९, आईतवार
  • हरिशंकर शर्मा,

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले भारी मतान्तरका साथ आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् । राजेशमान सिंह आफ्नो प्रतिस्पर्धी नेकपा (एमाले)का विजय कुमार सरावगी भन्दा १६ हजार १११ मतान्तरका साथ अग्र स्थानमा रहेका छन् ।

ताजा मत परिणाम अनुसार जसपाका राजेशमानले ३३ हजार ९१९ मत प्राप्त गर्दा एमालेका विजय कुमारले १७ हजार ८०८ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका गिरिश गिरीले २ हजार ५३५ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरतर्फ नेपाली कांग्रेसका इम्तियाज आलम २३ हजार १६४ मतका साथ अग्र स्थानमा रहेका छन् । उनलाई लोसपाका पुरुषोत्तम झाले ५८६८ मत, राप्रपाकी विना जयसवार र स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले ४४१० मत र स्वतन्त्र रम्भा मिश्रले ३१९५ मतका साथ पछ्याइरहेका छन् ।

हालसम्म वडा नम्बर नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २३, १४, १६, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को गरी कुल ६९४७५ मत गणना भइसकेको छ । जसमध्ये मेयरतर्फ ५४ हजार ५१६ सदर मत र १४ हजार ९५९ बदर मत रहेका छन् । त्यस्तै उपमेयरतर्फ ३७ हजार ७९ सदर मत र ३२ हजार ३९६ बदर मत रहेका छन् ।

LIVE TV