८ जेष्ठ २०७९, आईतवार

काठमाडौं । झापाको अर्जुनधारा नगरपालिकाको मेयर र उपमेयर दुवै नेकपा एमालेले जितेको छ ।

सत्ता गठबन्धनालाई पराजित गर्दै एमालेले एक्लै मेयर र उपमेयरमा जित निकालेको हो ।

शनिबार अबेर सम्पन्न मतगणनामा एमालेका उम्मेदवार बलदेवसिंह गोम्देन तामाङ १९ हजार १६९ मत पाउँदै विजयी भए । त्यस्तै उपमेयरमा एमालेकै खड्गमाया पराजुलीले १३ हजार ७४३ मत पाए ।

त्यस्तै मेयरमा प्रतिस्पर्धा गरेका काँग्रेसका उम्मेदवार उम्मेदवार रञ्जिता कार्की ५ हजार ४२६ मतान्तरले पराजित भएकी हुन् । उनले १३ हजार ७४३ मत मात्रै पाइन् ।

उपप्रमुखमा पराजुलीले गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार नितेश पनि ४ हजार ६७२ को लामो मतान्तरले पराजित भएकी हुन् । उनले ९ हजार ७१ मत मात्रै पाइन् । उपमेयरमा विजयी एमालेका उम्मेदवार पराजुलीले १३ हजार ७ सय ४३ मत पाए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV