७ जेष्ठ २०७९, शनिबार

काठमाडौं । धरान उपमहानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार हर्कराज राईको चुनाव चिन्ह लौरोको अग्रता कायमै रहेको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईलाई २८४४ मतले पछि पार्दै लौरोले आफ्नो अग्रता बढाएको छ ।

पछिल्लो प्राप्त मत परिणामअनुसार हर्कराजले १६०२६ मत पाउँदा किशोरले १३१८२ मत पाएका छन् । यस्तै, नेकपा एमालेका मञ्‍जु भण्‍डारी सुवेदीको १०६२२, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेशकुमार शाक्यको ११७९ ले दुवैलाई पछ्याइरहेका छन् ।

उपप्रमुख (उपमेयर) तर्फ माओवादीका अइन्द्रविक्रम बेघाको अग्रता रहेको छ । उनले १६०२६ मत पाउँदा उनका प्रतिस्पर्धी एमालेका पदमप्रसाद लिम्बुले १४४३१ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार दत्तकुमार लिम्बुले
२४७८, राप्रपाकी पूर्णमाया राईले १७२२ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV