७ जेष्ठ २०७९, शनिबार

काठमाडौं । काठमाडौँ महानगरपालिका–३१ मा नेकपा ९एमाले०का उम्मेदवारले सरोज ढकाल प्रतिस्प्रर्थी रविन्द्र विक्रम राणालाई एक हजार ७७६ मतान्तरले पछि मार्दै अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

ढकालले ४ हजार ७६७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार राणाले २ हजार ९९१ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी सदस्यमा कांग्रेसका तर्फबाट अशोक केसी खत्री र एमालेका हुमादेवी आचार्य निर्वाचित हुनुभएको छ ।

महिला सदस्यतर्फ एमालेका अप्सरा सञ्जेलले जीत हात पार्नुभएको छ । दलित महिला सदस्यमा एमालेकै सान्नानी मिजार विजय हुनुभएको छ ।

हाल कामपा वडा नं १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

त्यसैगरी वडा नं ७, ९, १०, २३, २४, २५, २६ र २७ को मतगणना जारी छ ।

कामपामा अहिले ९० हजारभन्दा बढी मतगणना सम्पन्न भइसकेको छ ।

LIVE TV