७ जेष्ठ २०७९, शनिबार

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणाम अनुसार आचार्यले ३७१२२ मतका साथ अग्रता कायम गरेका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का कृष्ण बहादुर थापाले ३३८५० मत ल्याएका छन् । एमालेका थापा नेकपा (एस)का आचार्य भन्दा ३२७२ मतान्तरले पछाडि रहेका छन् ।

त्यस्तै राप्रपाका शंकर खरालले ४२२८ मत र स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले २४४५ मत प्राप्त गरेका छन् । त्यस्तै पोखरा महानगरको उपमेयरमा नेकपा एमालेका मञ्जुदेवी गुरुङ ३८५७६ मतका साथ अग्रस्थानमा छन् ।

गुरुङलाई नेपाली कांग्रेसकी कोपिला रानाभाटले ३७५४५ मतका साथ पछ्याइरहेकी छन् । त्यस्तै राप्रपाकी रञ्जनाकुमारी सेन पौडेलले ४१३१ मत प्राप्त गरेकी छन् ।

LIVE TV