७ जेष्ठ २०७९, शनिबार
  • युवराज आचार्य,

झापा । झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमालेका बलदेव गोम्देन तामाङ मेयरमा निर्वाचित भएका छन् भने उपमेयरमा एमालेकै खड्गमाया पराजुली बिजयी बनेकी छिन् ।

बलदेवले गठबन्धन तर्फकी नेपाली काँग्रेसकी मेयर पदकी उम्मेद्वार रञ्जिता कार्कीलाई ५४२६ मतान्तरले पछि पार्दै बिजयी बनेका हुन् ।

बलदेवले १९१६९ ल्याउँदा उनकी निकटतम प्रतिद्धन्द्धी कार्कीले १३७४३मत प्राप्त गरेकी थिइन् । तामाङ अर्जुनधारा नगरपालिका वडा नं. १० का निवर्तमान वडाअध्यक्ष समेत हुन् ।

त्यस्तै उपमेयरमा एमालेकी पराजुली १७६३७ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) उपमेयर पदका उम्मेद्वार जितेश योञ्जनले ९०७१ मत ल्याएका छन् । पराजुलीले ८६७२ मतले योञ्जनलाई पछि पार्दै बिजयी बनेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV