७ जेष्ठ २०७९, शनिबार

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । रेणुले नेकपा (एमाले)का विजय सुवेदीलाई ६ हजार ५४० मतान्तरले पछि पारेकी छन् ।

हालसम्म ७९ हजार ९१० मत गणना गर्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ३१ हजार १२२ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा (एमाले)का विजय सुवेदीले २४ हजार ५८२ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९७८ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ३३ हजार ५३१ मतका साथ अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले १९ हजार १०४ मत प्राप्त गरेकी छन् ।

कांग्रेसका अधिकारी राप्रपाकी गुरुङ भन्दा १४ हजार ४२७ मतले अगाडि रहेका छन् । हालसम्म भरतपुर महानगरको वडा नम्बर १ देखि १४ सम्मको मत गणना भइसकेको छ, भने पछिल्लो समय वडा नम्बर १५ र १६ को मत गणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV