७ जेष्ठ २०७९, शनिबार

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । रेणुले नेकपा (एमाले)का विजय सुवेदीलाई ५५९० मतान्तरले पछि पारेकी छन् ।

ताजा मत परिणाम अनुसार गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले २८ हजार ८०८ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा (एमाले)का विजय सुवेदीले २३ हजार २१८ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९८ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ३१ हजार १२१ मतका साथ अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले १८ हजार २२ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV