६ जेष्ठ २०७९, शुक्रबार

काठमाडौं । भरतपुर महानगरपालिकामा मेयर पदकी माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रतालाई अझै फराकिलो बनाएकी छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको भन्दा करिब ४ हजार मतान्तर बनाएकी हुन् ।

भर्खरै सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार रेनुले २४,६६० मत पाएकी छन् । त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले २०,६६३ मत प्राप्त गरेका छन् । यो रेनु र विजयको भन्दा ३,९९७ मतको अग्रता हो ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८८४० मत पाएका छन् ।

त्यस्तैगरी महानगरको उपमेयरमा चित्रसेन अधिकारीले २६,७९४ मत तथा राप्रपाकी हिमला गुरुङले १६,१६९ मत पाएका छन् ।

हालसम्म जम्मा ६४ हजार १७५ मत गणना भइसकेको छ ।

LIVE TV