६ जेष्ठ २०७९, शुक्रबार

दोलखा । जिल्लाको विगु गाउँपालिकाको अध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ । त्यस्तैगरी उपाध्यक्ष भने नेकपा एमालेले जितेको छ ।

भर्खरै प्राप्त समाचार अनुसार अध्यक्षमा विजयी माओवादी केन्द्रका संजिव वलीले ४ हजार १ सय मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारअचुतम केसीले ३ हजार ९ सय ७३ मत प्राप्त गरेका छन् ।

त्यस्तैगरी उपाध्यक्षमा निर्वाचित एमालेकी उम्मेवार देविका थामीले ४ हजार १३ सय प्राप्त गरेकी छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आङनिमा शेर्पाले ३ हजार ८ सय २६ मत प्राप्त गरका थिए ।

यहाँका ८ वडामध्ये ३\३ वडा एमाले र माओवादी केन्द्रले जितेका छन् भने काँग्रेसले एक र स्वतन्त्रले एक गाउँपालिका जितेको छ ।

LIVE TV