
मकवानपुर । जिल्लाको हेटौडा उपमहानगरको मेयर नेकपा एकीकृत समाजवादीले जितेको छ । शुक्रबार सम्पन्न हुन लागेको मतगणनामा सत्ता गठबन्धनकी साझा उम्मेदवार मीनाकुमारी लामा विजयी भएकी हुन् ।
यहाँ मततगणना सम्पन्न भइसक्नु अघि नै उनलाई मेयर घोषणा गरिएको छ । लामाले हालसम्म २२४६८ मत पाएकी छन् । यहाँ कुल ७३ हजार ४४१ मत खसेको थियो । त्यसमध्ये ७१ हजार ५१८ मत गणना भइसकेको छ ।
जमा मीना लामालाई पछ्याइरहेका एमालेका उम्मेदवार भन्दा २०७३ मतको अग्रता भइसकेको छ । जबकी अब १९२३ मात्रै गन्न बाँकी रहेको छ ।
हालसम्म एमालेका मेयर उम्मेदवार अनन्त पौडेलले २०३९५ मत पाएका छन् । अब गन्न बाँकी मत भन्दा बढीको मतान्तर भइसकेकाले उनलाई मतगणना सम्पन्न नभइसकन विजेता घोषणा गरिएको हो ।
त्यस्तै उपमहानगरको उपमेयरमा काँग्रेसका राजेश बानियाँ विजयी भएका छन् । उनीहरुको विजयी निश्चित भएपनि निर्वाचन आयोगले भने मत गणना पूरा भइसकेपछि मात्रै विजयी घोषणा गर्ने जनाएको छ ।
नेकपा एमालेका उम्मेदवार तथा समर्थकहरु दिउँसै हार स्वीकारीसकेको स्थिति छ ।