६ जेष्ठ २०७९, शुक्रबार
  • केदार शर्मा,

चितवन । चितवनमा भीषण हावाहुरीका कारण रुख ढलेर च्यापिदा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ ७ बजे बजे भीषण हावाहुरीको कारण भरतपुर–११ भोजाड जंगलस्थित भित्री सडक खण्डमा पदमपुरबाट आउदै गरेको ना२ह २२४७ नम्बरको अटो किच्दा अटो चालक भरतपुर ११ लामाटोलका अन्दाजी ५०/५१ वर्षीय प्रदिप कुमार लामा र अटोमा सवार गोरखा गण्डकी गाउँपालिका ६ घरभई हाल भरतपुर ७ कटहर चोक बस्ने २८ वर्षीय माया गुरुङको घट्ना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए ।

अटोमा सवार सोही स्थानका २० वर्षीया अबिता गुरुङ र बर्ष ५० वर्षीया तुल माया गुरुङ सामान्य घाइते भएकाप्रहरीले जनाएको छ । उनीहरुको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ ।

यस्तै हावाहुरीको कारण ढलेको रुखले किचेर भरतपुर ११ निवासी ४८ वर्षीय लोकनाथ अधिकारीको मृत्यु भएको छ । भरतपुर ११ बसेनिचोकमा बिशाल चोकबाट आउदै गरेको ना १ ज ६१४० नम्बरको म्याजिकलाई रुख ढलेर किचेको हो ।

ढलेको रुख काटी हटाई बाटो सुचारु गरिएको प्रहरील जनाएको छ । मृतकको शव भरतपुर सरकारी अस्पतालमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV