
चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । रेणुले नेकपा (एमाले)का विजय सुवेदीलाई ३७५७ मतान्तरले पछि पारेकी छन् ।
ताजा मत परिणाम अनुसार गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले २४ हजार १०७ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा (एमाले)का विजय सुवेदीले २० हजार ३५० मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ७१५ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले २६ हजार २७१ मतका साथ अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले १५ हजार ५५७ मत प्राप्त गरेकी छन् ।