६ जेष्ठ २०७९, शुक्रबार
  • दान बहादुर बुढा,

मुगु । मुगुमा नवनिर्वाचित नगरप्रमुख र पालिका अध्यक्षले पद तथा गोपनीयताको सपथ लिएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा छाँयानाथ रारा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख विष्णु कुमार भार तथा सोरुगाँउपालिकाका नवनिर्वाचित अध्यक्ष धर्म बहादुर शाही, खत्याड गाँउपालिकाका नवनिर्वाचित अध्यक्षय अज बहादुर शाही र मुगमकामारोङ गाँउपालिकाका नवनिवाचिर्त अध्यक्ष छिरिङ क्याप्ने लामाले सपथ लिएका हुन् ।

उनीहरु चारै जनालाई मुख्य निर्वाचन अधिकृत पुष्प प्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । सापकोटाले नवनिर्वाचित नगरप्रमुख र पालिका अध्यक्षहरुलाई शुभकामना दिदै शपथ खाए अनुसार तथा स्थानीय सरकारको नियम नीति अनुसार काम गर्न आग्रहसमेत गरेका छन् ।

शपथ लिइसकेपछि नगर प्रमुख तथा पालिका अध्यक्षहरुले आफूले खाएको शपथ अनुसार जनतामाझ काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV