६ जेष्ठ २०७९, शुक्रबार
  • हरिशंकर शर्मा,

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले भारी मतान्तरका साथ आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् । राजेशमान सिंह आफ्नो प्रतिस्पर्धी नेकपा (एमाले)का विजय कुमार सरावगी भन्दा ११ हजार ५६३ मतान्तरका साथ अग्र स्थानमा रहेका छन् ।

ताजा मत परिणाम अनुसार जसपाका राजेशमानले २३ हजार ८५२ मत प्राप्त गर्दा एमालेका विजय कुमारले १२ हजार २८९ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका गिरिश गिरीले १ हजार ४२६ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरतर्फ नेपाली कांग्रेसका इम्तियाज आलम १६ हजार ८६१ मतका साथ अग्र स्थानमा रहेका छन् । उनलाई लोसपाका पुरुषोत्तम झाले ३५७६ मत, राप्रपाकी विना जयसवार र स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले २१८६ मतका साथ पछ्याइरहेका छन् ।

हालसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को ४६,३५३ मत गणना भइसकेको छ । जसमध्ये मेयरतर्फ ३६ हजार ९६२ सदर मत र ९ हजार ३९१ बदर मत रहेका छन् । त्यस्तै उपमेयरतर्फ २४ हजार ९०७ सदर मत र २१ हजार ४४६ बदर मत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV