६ जेष्ठ २०७९, शुक्रबार

काठमाडौं । एनएमबी बैंकद्वारा माइती नेपालका दिदीबहिनीहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा माइती नेपालका ५३ जना दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।

बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित दिदीबहिनीहरुलाई उत्प्रेरणा दिंदै बचत, लगानी, बिभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो ।

कार्यक्रममा माइती नेपालको तर्फबाट सस्थापक अनुराधा कोइराला, कार्यकारी सञ्चालक विश्वराम खड्का, कार्यक्रम सञ्चालक युवराज कोइरालाको उपस्थिति रहेको थियो भने एनएमबी बैंकका तर्फबाट कर्मचारीहरु डा. बुद्धि मल्ल, शरद पौडेल र नबिन पन्थिको उपस्थिति रहेको थियो ।

गतवर्ष महिला उद्यमशील सहुलियतपूर्ण कर्जा लगानी गर्न एउटा अग्रणी बैक रहेको बैंकले नारी सशक्तिकरणको लागि विभिन्न समयमा विभिन्न महिला समूहरुलाई बित्तिय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

माइती नेपालका दिदीबहिनीहरुलाई गरिएको यस कार्यक्रमले उनीहरुमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको छ । बैंक र माइती नेपाल दुवै संस्थाले भविष्यमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रम तथा अन्य सम्भावित कार्यक्रमहरुमा सहकार्य गर्ने भएका छन् ।

एनएमबी बैंकले दि फिनान्सियल टाइम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि “बैंक अफदिइयर एसिया २०२१” उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि “बैंक अफदिइयर नेपाल” प्राप्त गरि सकेकको छ ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV