६ जेष्ठ २०७९, शुक्रबार

काठमाडौं । एसी आई (एड्भाइजरी सेन्टर फर इन्टरनेशनल एजुकेशन), एल ए (लिटल एन्जल्स कलेज) र ग्लोबल स्टडी पार्टनर को संयुक्त आयोजनामा ‘एसी आई ई एजुकेसन फेयर’ सम्पन्न भएको छ ।

मुख्य रूपमा अङ्ग्रेजी बोलिने देशहरु बेलायत, संयुक्त राज्य अमेरिका, क्यानडा, आयरल्याण्ड अध्ययनार्थ जान चाहने विद्यर्थीहरुलाई लक्षित गरी
उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न गरिएको हो ।

विभिन्न कोर्सहरुका लक्षित ‘जी आर ई’, ‘आई ई एल टी एस’सँगै स्कलरसिपको सुविधा, विश्वविद्यालय र शिक्षण संस्था छनोट, अध्ययनार्थ निमित्त अन्तराष्ट्रिय विश्वविद्यालय र कलेज जाँदा लाग्ने सम्पूर्ण खर्चहरु तथा बस्ने सहरका बारेमा विद्यार्थीहरूलाई सम्पूर्ण जानकारी प्रदान गर्ने उद्धेश्यले गत बुधबार लिटल एन्जल्स कलेज, हात्तीवनमा ‘ए सी आई ई एजुकेसन फेयर’को आयोजना भएको हो ।

अन्तराष्ट्रिय अध्ययनमा जान इच्छुक विद्यार्थीहरुले एउटै इभेन्टमार्फत उक्त देशका विश्वविद्यालका प्रतिनिधिहरुमार्फत प्रत्यक्ष कुराकानी गरी लाभ लिने अवसर जुटाएको ए सी आईका सविन जोशीले बताए ।

पाँच देशका उत्कृष्ट विश्वविद्यालय र शैक्षिक संस्थाहरू जस्तै

अमेरिका र क्यानडाबाट युनिभर्सिटी अफ क्यानाडा, अल्गोमा, निपिसिङ, ब्रिजपोर्ट, ओस्वेगो, सेन्ट क्लाउड स्टेट, सान फ्रान्सिस्को स्टेट युनिभर्सिटी, युनिभर्सिटी अफ नर्थ टेक्सास र एप्लाई बोर्डका प्रतिनिधिसँग कुनैपनि समस्याका बारेमा समाधानबारे बुझ्न सकिने बताए ।

त्यसैगरी यूके र आयरल्याण्डबाट ग्रीनविच, ब्राडफोर्ड, एबरडिन, यू एस ए, क्यानाडा, आयरल्याण्ड र अष्ट्रेलियाकाबाट उत्कृष्ट युनिभर्सिटी, कलेज र इन्स्टिच्युट हरूका प्रतिनिधिसंग प्रत्यक्ष कुराकानी गरी अन्तराष्ट्रिय अध्ययनमा जानुअघि र गइसके पछि खडा हुने आफ्ना विषयसँग सबन्धित कुनैपनि समस्याका बारेमा समाधान गर्न सकिने ग्लोबल स्टडी पार्टनरस् का कन्ट्री डाइरेक्टर अनिल श्रेष्ठले बताए ।

पाँच देशका उत्कृष्ट विश्वविद्यालय र शैक्षिक संस्थाहरू जस्तै अमेरिका र क्यानडा बाट युनिभर्सिटी अफ क्यानाडा, अल्गोमा, निपिसिङ, ब्रिजपोर्ट, ओस्वेगो, सेन्ट क्लाउड स्टेट, सान फ्रान्सिस्को स्टेट युनिभर्सिटी, युनिभर्सिटी अफ नर्थ टेक्सास, एप्लाई बोर्डस त्यसै गरी यूके र आयरल्याण्ड बाट ग्रीनविच, ब्राडफोर्ड, इन्टरनेसनल कलेज दण्डी, डी मन्ट फर्ट युनिभर्सिटी, एबरडिन, कन्वेन्ट्री, अक्स्फोर्ड इन्टरनेसनल, चेस्टर, ग्रिफिथ कलेज आयरल्यान्ड, स्टडी ग्रुप र अष्ट्रेलियाका ई सी ए (एजुकेसन सेन्टर अफ अस्ट्रेलिया), स्काइलाइन इन्टरनेशनल कलेज, टि के एल, सिड्नी मेट्रोपोलिटन इन्स्टिच्युट अफ टेक्नोलोजी, साउदन क्रस युनिभर्सिटी, इन्टरनेसनल कलेज अफ म्यानेजमेन्ट, अल्ब्राइट इन्स्टिच्युट, अष्ट्रेलियन कलेज अफ ट्रेड (एकोट, नविटास लगायतबाट प्रतिनिधिहरु उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्
LIVE TV