६ जेष्ठ २०७९, शुक्रबार

काठमाडौं । आजबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल शुरु भएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा मनोनित जनप्रतिनिधिहरुको कार्यकाल बिहीवार रातिबाट सकिएसँगै नयाँ जनप्रतिनिधिहरुको कार्यकाल शुक्रबारबाट शुरु भएको हो ।

नयाँ कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा केही स्थानमा आउन बाँकी छ । नतिजा आईसकेका पालिकामा जनप्रतिनिधिहरुले भने आजै शपथ ग्रहण गरी कार्यकाल सम्हाल्हेका छन् ।

नयाँ जनप्रतिनिधिहरुको मतगणना कार्य नसकिएपनि आजबाट नै जनप्रतिनिधिहरुको कार्यकाल शुरु भएको मानिने छ । तर मत गणना नसकिएका स्थानीय तह भने आजबाट जनप्रतिनिधि बिहीन हुनेछन् । ७ सय ५३ पालिकामा मेयर÷अध्यक्ष ७ सय ५३ तथा उपमेयर÷उपाध्यक्ष गरी ७ सय ५३ जना, ६ हजार ७ सय ४३ वडाध्यक्ष, ६ हजार ७ सय ४३ महिला सदस्य, ६ हजार ७ सय ४३ दलित महिला सदस्य र १३ हजार ४ सय ८६ जना खुला वडा सदस्य गरी ३५ हजार २ सय २१ जना जनप्रतिनिधि रहने व्यवस्था छ ।

देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका र ६ हजार ७ सय ४३ वडा रहेका छन् ।

LIVE TV