६ जेष्ठ २०७९, शुक्रबार

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै माओवादी केन्द्रले जितेको छ । अध्यक्षमा निमा लामा विजय भएका छन् भने उपाध्यक्षमा लक्ष्मी गुरुङ विजयी भएकी छन् ।

अध्यक्ष जितेका लामाले १ हजार ६ सय २४ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांगेसका उम्मेदवार धनबहादुर गुरुङले १ हजार ३ सय ११ मत प्राप्त गरेका छन् ।

त्यस्तैगरी उपाध्यक्षमा निर्वाचित गुरुङले १ हजार ५ सय ६५ मत प्राप्त गरेकी छन् भने पराजित भएका काँग्रेसकी उम्मेदवार मेतोक छोकी लामाले १ हजार ३ सय ७ मत प्राप्त गरेका छन् ।

गोरखामा नेपाली काँग्रेस माओवादी केन्द्रबीच गठबन्धन नभइ एक अर्कामा प्रतिस्पर्धा भएको थियो । गठबन्धनमा सहमति नजुट्दा एक्ला एक्लै चुनावी मैदानमा जाँदा धेरैजसो पालिका माओवादी केन्द्रले जितेको छ ।

 

LIVE TV