६ जेष्ठ २०७९, शुक्रबार

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिकाको मेयर एमालेले खोसिदिएको छ । भर्खरै सम्पन्न मतपरिणाम अनुसार एमालेका उम्मेदवार गंगा प्रसाद खरेल विजयी भएका छन् ।

काँग्रेसका निवर्तमान मेयर खड्क फागोलाई खरेलले १२ हजार १ सय ५६ मत ल्याएर पराजित गरेका हुन् । उता फागोले भने १० हजार २ सय ९० मत ल्याएका छन् ।

उपमेयरमा पनि एमालेकै उम्मेदवार मिना कुमारी खतिवडा विजयी भएकी छन् । उनले पनि काँग्रेसकै उम्मेदवारलाई पराजित गरेर विजयी भएकी हुन् ।

उनी १० हजार ७ सय २ मत ल्याएर विजयी हुँदा काँग्रेसकी सीता कार्कीले भने १० हजार ६ सय ४० मत प्राप्त गरिन् ।

त्यस्तैगरी उर्लाबारीका ९ वडामध्ये ५ वटा वडा एमालेले जितेको छ भने ४ वटा वडामा मात्रै नेपाली काँग्रेसले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV