६ जेष्ठ २०७९, शुक्रबार

काठमाडौं । भरतपुर महानगरी मेयर पदकी उम्मेदवार रेनु दाहालले पुन अग्रता बढाएकी छन् । पछिल्लो मत परिणाम अनुसार रेनुले आफ्नो निकटतम प्रतिद्वन्द्वी विजय सुवेदीसँग ३,३१८ को मतान्तर बनाएकी हुन् ।

उनले हालसम्म १८,४८० मत पाएकी छन् । त्यस्तैगरी एमालेका उम्मेदवार विजय सुवेदीले १५,१६२ मत पाएकी छन् ।

त्यस्तैगरी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७,३५४ मत पाएका छन् । उता उपमेयरतर्फ काँग्रेसका चित्रसेन अधिकारीले अगाडि छन् । उनले हालसम्म २१,०५९ मत पाएकी छन् ।

त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले १२,०१२ मत पाएकी छन् । अहिलेसम्म भरतपुरमा ४९,०१४ मतगणना भइसकेको छ ।

LIVE TV