६ जेष्ठ २०७९, शुक्रबार

काठमाडौं । काठमाडौं महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन  शाहले अग्रतालाई कायम गर्ने क्रममा २५ हजार भोट कटाएका छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले २५,४२७ मत पाएर प्राप्त गरेका छन् । ६७,२६१ मतगणना भइसक्दा उनले २५ हजार मत कटाएका हुन् । त्यस्तैगरी नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले १३,४९९ मत पाएका छन् ।

यो बालेन र स्थापितको ११,९२७ को मतान्तर हो । त्यस्तैगरी काँग्रेसकी सिर्जना सिंहले १२, ८४२ मत प्राप्त गरेकी छन् ।

LIVE TV