५ जेष्ठ २०७९, बिहीबार

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणाम अनुसार आचार्यले २४,०३२ मतका साथ अग्रता कायम गरेका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का कृष्ण बहादुर थापाले २१,१८७ मतका ल्याएका छन् । एमालेका थापा नेकपा (एस)का आचार्य भन्दा २,८४५ मतान्तरले पछाडि रहेका छन् ।

त्यस्तै राप्रपाका शंकर खरालले २,४१३ मत र स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले १,३८८ मत प्राप्त गरेका छन् ।

त्यस्तै पोखरा महानगरको उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट २४,३०४ मतका साथ अग्रस्थानमा छन् । रानाभाटलाई प्रतिस्पर्धी नेकपा (एमाले)की मञ्जुदेवी गुरुङले २४,२०६ मतका साथ पछ्याइरहेकी छन् । त्यस्तै राप्रपाकी रञ्जनाकुमारी सेन पौडेलले २,२२१ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV