५ जेष्ठ २०७९, बिहीबार

बर्दिया । बर्दियामा मतगणना सम्पन्न भएको छ । छ नगरपालिका, दुई गाउँपालिका गरी आठवटा पालिका रहेको ७५ वडामा स्थानीय तहको अन्तिम मतगणना सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।

आठ पालिकाअन्तर्गत पाँचवटा पालिकामा नेपाली कांग्रेस, दुई स्थानमा नेकपा माओवादी केन्द्र र एक पालिकामा नेकपा एमाले विजयी भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख कृष्णबहादुर कुवरले बताए। बर्दियाको बारबर्दिया नगरपालिकामा कांग्रेसका छविलाल थारुले १३ हजार छ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका पदमप्रसाद ढकालले १० हजार ३५१ मत प्राप्त गरेका छन् । उपप्रमुखमा कांग्रेसकी रत्नकुमारी पाण्डेले १२ हजार ४९१ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेकी नारायणी चौधरीले १० हजार ८५५ मत प्राप्त गरेका छन् ।

मधुवन नगरपालिकामा कांग्रेसका प्रमुख पदका उम्मेदवार तेजबहादुर भाट विजयी भएका छन्। आठ हजार ७७५ मत प्राप्त गरी भाट विजयी भएका हुन्। माओवादी केन्द्रका लक्ष्मीप्रसाद शर्माले सात हजार ९३१ मत मत प्राप्त गरेका छन्। उपप्रमुखमा कांग्रेसकी अनिता चौधरीले आठ हजार ३३५ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी सुभद्रा थारुले सात हजार ८९९ मत प्राप्त गरेका छन् ।

बाँसगढी नगरपालिका प्रमुख र उपप्रमुख पदमा एमाले विजयी भएको छ । एमालेका खडकबहादुर खड्का र उपप्रमुखमा इन्दिरा चौधरी विजयी भएका छन्। खड्काले १० हजार ९४७ मत प्राप्त गरेका छन् भने माओवादीका भवनकुमार थारुले नौ हजार ७६३ प्राप्त गरेका छन् । उपप्रमुख पदमा एमालेकी इन्दिरा चौधरीले ११ हजार ३५ मत प्राप्त गरेकी छन् । माओवादीकी भूमि बिटालुले आठ हजार २३८ मत प्राप्त गरेकी छन् ।

बढैयाताल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा एमाले विजयी भएका छन् । माओवादी केन्द्रका हिमालय त्रिपाठी नौ हजार ३६७ मतसहित अध्यक्ष पदमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर श्रेष्ठले आठ हजार ३०८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकी लक्ष्मीकुमारी अधिकारीले आठ हजार ८८५ मतसहित विजय भएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार पवित्रा अर्याल आठ हजार ३१५ मत प्राप्त गरेका छन् ।

ठाकुरबाबा नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका तिलकराम लम्सालले नौ हजार ४२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नेत्रराज आचार्यले छ हजार ८१८ मत मत प्राप्त गरेका छन् । उपमेयरमा नेकपा एमालेका वीना भट्टराईले आठ हजार १७६ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मञ्जुकुमारी चौधरीले सात हजार ६७४ मत मत प्राप्त गरेका छन् ।

गुलरिया नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका मुक्तिनाथ यादवले सात हजार ९८९ मत ल्याई विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका अमरबहादुर खड्काले सात हजार ८११ मत प्राप्त गरेका छन् । कांग्रेसकी सावित्रा गौतमले आठ हजार २०७ मत ल्याई नगर उपप्रमुखमा विजय भएकी छन् भने नेकपा एमालेकी टीकाकुमारी शम्सेली मगरले सात हजार ४६२ मत प्राप्त गरेकी छन् ।

गेरुवा गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका जमानसिंह केसी विजयी भएका छन् । केसीले सात हजार ६९८ मत प्राप्त गरेका छन् । नेकपा माओवादीका विश्वबहादुर थारुले ६ हजार ६२० मत प्राप्त गरेका छन्। उपाध्यक्ष पदमा कांग्रेसकी लक्ष्मीकुमारी चौधरीले सात हजार १५३ मत प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रकी लीला चौधरीले छ हजार ५८३ मत प्राप्त गरेका छन् ।

राजापुर नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका दीपेश थारु र उपप्रमुखमा मनकलाकुमारी चौधरी विजयी भएका छन् । थारुले नौ हजार ८०७ मत प्राप्त गरेका छन्छ। उनका निकटतम प्रतिस्पर्धी नेकाका दीपकजङ्ग शाहले नौ हजार ७६० मत गरेका छन् ।

उपप्रमुख पदमा माओवादी केन्द्रकी मनकला चौधरीले १० हजार ८६ मत प्राप्त गरी कांग्रेसकी यशोदा थारुलाई पराजित गरेका छन् । थारुले १० हजार ४५ मत प्राप्त गरेका छन् ।

LIVE TV