५ जेष्ठ २०७९, बिहीबार

महोत्तरी । वडामा निर्वाचित भइसकेका उम्मेदवारलाई ‘एउटा मतपेटिका गन्न त छुटेछ, फेरि गणना गर्नुपर्ने भयो’ भनेर खबर गर्दा कस्तो महसुश होला ? त्यसपछि मतगणना गर्दा बराबरी मत आए झन् कस्तो होला ? स्थानीय तह निर्वाचनअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–८ मा निर्वाचित भइसकेका वडाध्यक्ष यहिँ पीडाबाट गुजारिनुपर्यो ।

एक मतपेटिका गणना गर्न छुटेपछि बिहीबार मतगणना भयो । तर, मतगणनाका क्रममा दुई पार्टीका दुबै प्रत्यासीको मत बराबरी आएको छ । दुवैले ७६७ मत प्राप्त गरेका छन् ।

यसअघि वडाध्यक्षमा निर्वाचित भएका उम्मेदवार हुन्, नेकपा माओवादी केन्द्रका समसेर सिंह लामा र हारेका भनिएका उम्मेदवार हुन् नेकपा एमालेका रुद्रबहादुर किङगरिया मगर । त्यतिबेला लामा वडाध्यक्षमा विजय भएका घोषणा हुँदा समसेरले ७५१ मत पाएका थिए भने मगरले ७४४ मत पाएका थिए । तर, अहिले मत बराबरी भएसँगै अब पुनः मतदान हुन्छ कि गोला प्रथाबाट वडाध्यक्ष निर्वाचित गरिन्छ टुंगो लगाइएको छैन ।

याे पनि 

वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘एउटा मतपेटिका गन्न छुटेछ’ भन्ने खबर आएपछि…

प्रतिक्रिया दिनुहोस्
LIVE TV