५ जेष्ठ २०७९, बिहीबार

विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख (मेयर) पदमा नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै रहेको छ । कोइराला निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाभन्दा ४९१९ मतले अघि रहेका छन् ।

पछिल्लो प्राप्त मतगणनाअनुसार कोइरालाले १९६२८
मत पाएका छन् भने थापाल े१४७०९ मत पाएका छन् । उनीहरु दुवैलाई उमेशकुमार यादव (स्वतन्त्र) ले ६२५१ मत, राप्रपाका
प्रह्लादप्रसाद साह हलुवाईले ३७८१े मतका साथ पछ्याइरहेका छन् ।

उपमेयरतर्र्फ एमालेकी शिल्पा कार्कीको अग्रता रहेको छ । उनले
१६९९४ मत पाउँदा उनका प्रतिस्पर्धीहरु अमरेन्द्र यादव (जनता समाजवादी पार्टी, नेपाल) ले १००२७, विन्दाकुमारी लुइटेल आचार्य (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले ४५९१ र
नमिता न्यौपाने (स्वतन्त्र) ले ३५८८ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV