५ जेष्ठ २०७९, बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै रहेको छ । बालेन निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा ११२०४ मतले अघि रह]का छन् ।

दिउँसो तीन बजे प्राप्त मतगणनाअनुसार बालेनले २३५८४ मत पाएका छन् । स्थापितले १२३८० मत पाएका छन् भने गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले ११४९९ मत पाएकी छन् ।

उपमेयरतर्फ सुनिता डंगोलले मत फराकिलो बनाएकी छन् । उनले १९९५६ मत ल्याउँदा उनका प्रतिस्पर्धी रामेश्वर श्रेष्ठ (एकीकृत समाजवादी) ले ६३१६ मत पाएका छन् । अन्य प्रतिस्पर्धीले दुवैलाई पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV