५ जेष्ठ २०७९, बिहीबार

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं १० मा १० पटक वडा अध्यक्ष जितेका नरसिंह व्यञ्जनकार पराजित भएका छन् ।
यसपटक उनलाई आफ्नै भतिज रविनमान व्यञ्जनकारले हराएका हुन् ।

नरसिंहले ५ सय ४३ मत ल्याए । कांग्रेसकका उम्मेदवार रविनमानले ८ सय २५ मत प्राप्त गरे । ८१ वर्षीय नरसिंह पुतली चिह्नबाट चुनाव लडेका थिए ।
नरसिंह २०२९ सालमा पहिलो पटक वडाध्यक्ष बनेका थिए । त्यसयता १० नं वडाको नेतृत्व उनले नै गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV