
गोरखा । गोरखाको पालुङटार नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्रका उमेदवार विजयी भएका छन् । मेयरमा माओवादीका विवश चिन्तन र उपमेयरमा माओवादीकै वन्दना पाण्डे पाण्डे निर्वाचित भइन् ।
निर्वाचन अधिकृत कार्यालयका अनुसार नवनिर्वाचित मेयर चिन्तन ६ हजार ७२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का प्रेमबहादुर गुरुङले ५ हजार ७ सय १७ मत ल्याए ।
उपमेयरमा बन्दना पाण्डेले ५ हजार ५ सय ७९ मत गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसी चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत पाइन् ।
पालुङटार जसपाका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईको गृहपालिका हो । पालुङटारमा जसपा र एमालेबीच मेयर, उपमेयरमा एकले अर्कालाई सघाउने गरी चुनावको अन्तिम समयमा तालमेल भएको थियो ।
चुनावअघि कांग्रेसले मेयरमा जसपा उमेदवारलाई सघाउन निर्देशन दिए पनि स्थानीय असन्तुष्टिका कारण कांग्रेस, जसपाबीचको गठबन्धन सफल हुन सकेन ।