५ जेष्ठ २०७९, बिहीबार

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रखुमा नरुलाल चौधरी र उपप्रमुखमा हुमाकुमारी डिसी निर्वाचित भएका हुन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादीका हेमराज शर्मा पोख्रेललाई ५ हजार ३६९ मतान्तरले पराजित गर्दै चौधरी घोराही उपमहानगरपालिका प्रमुख निर्वाचित भएका हुन् । उनले ३१ हजार ७२८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी शर्मा २६ हजार ३६८ मत ल्याए ।

उपप्रमुखमा हुमाकुमारीले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेका भुपबहादुर डाँगी क्षेत्रीलाई पराजित गरिन् । हुमाकुमारीले ३० हजार ४०३ मत ल्याइन् भने भुपबहादुरले
३० हजार ३५४ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV